एन्टिबायोटिक रेजिस्टेन्टऔसधि बिज्ञानको एक चुनौती

Kapil Pandey
Sharing is Caring !!

सरल भाषामा ब्यक्त गर्दा मानब शरीरलाइ असर गर्ने बिभिन्न प्रकार किटाणुहरुको रोकथाम तथा नियन्त्रणका लागि तिनीहरुको विरुद्धमा दिइने पदार्थलाइ एन्टीबायोटिक भनिन्छ/ अठारौ सताब्दिको अन्त्य देखिनै यसको खोज तथा अनुसन्धान सुरु भएको पाइन्छ  तर सर्बप्रथम पहिलो एन्टीबायोटिकको खोज तथा आबिस्कारको श्रेय स्कटिश चिकित्सक तथा माइक्रोबायोलोजिस्ट अलेक्जेंडर फ्लेमिंग (१८८१-१९५५ ) लाइ जान्छ ,उनले सन् १९२८मा  Penicillin नामक एन्टीबायोटिकको खोज तथा अनुसन्धान गरेदेखि नया एन्टीबायोटिकहरुको खोज तथा अनुसन्धानले द्रुतगति लिएको पाउन सकिन्छ/  सुरुदेखि  देखि आजको दिनसम्म आइपुग्दा हजारौ एन्टीबायोटिकको खोज तथा अनुसन्धान भैसकेको पाउन सकिन्छ/
एन्टिबायोटिक प्रयोग बर्तमान चिकित्सा पध्दतिको अभिन्न अंगको रुपमा बिकसित भैसकेको छ, रोगको निदान देखि उपचारसम्म आइपुग्दा एन्टिबायोटिक तथा  एन्टिमाइक्रोबियल एजेन्टको ब्यापक प्रयोग भएको देख्न पाउन सकिन्छ/ एन्टिबायोटिक औसधिको उचितमात्राको प्रयोगबाट किटाणुजन्य जटिल रोगको सहि निदान तथा प्रभाबकारी उपचार सम्भव छ भने अर्को तर्फ यसको जथाभाबी प्रयोगबाट एन्टिबायोटिक तथा  एन्टिमाइक्रोबियल रेजिस्टे न्ट लगाएत अन्य भयानक अवस्ता सिर्जना हुन सक्छन/

के हो एन्टिबायोटिक रेजिस्टे न्ट?

AMR
एन्टिबायोटिकको अर्थ किटाणु रोकथानम तथा नियन्त्रणका लागि तिनीहरुको विरुद्धमा दिइने औसधि हो भने रेजिस्टेन्ट मतलब प्रतिरोध ,समग्रमा एन्टिबायोटिक रेजिस्टेण्ट एउटा अवस्था हो जहाँ किटाणु तिनीहरुको रोकथानम तथा नियन्त्रणमा दिइने औसधि प्रतिरोधी रहन्छन जस्को कारण किटाणुमा एन्टिबायोटिक औसधिको कुनै  असर रहदैन/एन्टिबायोटिक रेजिस्टेन्ट कसरि हुन्छ?:

प्रत्येक एन्टिबायोटिक औसधि सेवनको निश्चित मात्रा तथा अबधि हुन्छ यसलाई therapeutic dosage regimen भनिन्छ / साधारणतया एन्टिबायोटिकले मानब शरीरमा प्रवेश गरेको छोटो समय भित्रै किटाणूको बिरुदमा काम सुरु गर्नेभएकाले हामि पुरा अबधि सेवन अघिनै पूर्ण स्वस्थ भएको भ्रममा पर्दछौ जसको कारण अब ठिक  भयौ भन्ने ठानेर  औसधि बिचैमा छोड़छौ,तरऔसधिले शरीरमा भएको सबै किटाणुहरुलाई नियन्त्रण गरिसकेको हुदैन, जसको कारण औसधिको असर कमहुदै गएपछि बाकि रहेका किटाणुहरु पहिले भन्दा ज्यादा शक्तिशालि तथा हानिकारक रहन्छन आफुमा त्यो औसधि विरुद्धको प्रतिरोध बिकास गर्छन साथै बाकि पुस्तामा समेत त्यो गुण हस्तान्तरण गर्छन, जसको कारणले दोश्रो पटक उक्त एन्टिबायोटिक ति किटाणुमा असरहिन रहन्छ अर्थात् किटाणुहरु त्यो एन्टिबायोटिक संग  रेजिस्ट रहन्छन /

Mechanism of AMR

त्यसैगरि हरेक एन्टिबायोटिक औसधिको किटाणुहरुलाइ नियन्त्रण गर्ने निश्चित मात्रा हुन्छ त्यसलाई Effective concentration of Antibiotics  भनिन्छ,सो भन्दा कम मात्रा sub effective dose वा  sub-inhibitory concentration मा   दिदा किटाणुमा त्यसको आम्सिक असर मात्रै पर्दछ, किटाणुले आफ्नो शारीरिक संरचना  Genetic structure आदिमा परिवर्तन ल्याउछ जसले गर्दा  किटाणुहरु  तिनीहरुको रोकथानम तथा नियन्त्रणमा दिइने औसधि प्रतिरोधी रहन्छन/
एन्टिबायोटिक रेजिस्टेन्ट औसधि बिज्ञानको एक गम्बिर चुनौती हो, यसका पछाडी अरु पनि धेरै कारक तत्व रहेको पाउन सकिन्छ,एन्टिबायोटिक के हो यसले कसरी काम गर्छ भनेर सामान्य जनचेतना नहुनु, एन्टिबायोटिकजन्य औसधिको अत्यधिक अनुचित प्रयोग हुनु,आफु-खुशी  एन्टिबायोटिकजन्य औसधिको प्रयोग गर्नु, एन्टिबायोटिक पुरा कोर्स सेवन नगर्नु वा बिचैमा छोड्नु,जथाभाबी एन्टिबायोटिकजन्य औसधिको बिक्रि-बितरण हुनु,औसधि बिज्ञानमा दक्ष्यता हासिल गरेका बिज्ञहरुको अभाब रहनु, रोगको गलत निदान तथा गलत समुहका एन्टिबायोटिक पेस्काइबिङ्ग गरिनु आदि प्रमुख कारणहरु हुन् त्यसैगरिअप्रतक्ष्य रुपमा कृषि जन्य पर्दर्थ जस्तै पशु-पन्छी हाँस, कुखुरा,माछा,बंगुर आदिको उपचारको लागि अत्यधिक  एन्टिबायोटिकजन्य औसधिको प्रयोग गरिनु साथै त्यसबाट उत्पादित उत्पादनहरुको ब्यापक प्रयोगले एन्टिबायोटिक रेजिस्टेन्टलाइ प्रोत्सान गरि रहेको पाइन्छ/

वर्तमान अवस्था:

एन्टिबायोटिक प्रयोग चिकिस्त्सा बिज्ञानको अभिन्न अंगको रुपमा बिकसित भैसकेको छ,बिसेष गरि किटाणुजन्य संक्रमणको निदान तथा रोकथाम देखि अस्पताल जन्य संक्रमण, सामान्य चिरफार, ठुला सर्जरी ,अंग प्रत्यारोपण ,क्यान्सर केमोथेरापी सम्म यसको ब्यापक प्रयोग गरिन्छ/ प्रभाबकारी एन्टिबायोटिक बिनाको चिकिस्त्सा बिज्ञान अकल्पनिय छ, बढ्दो एन्टिबायोटिक रेजिस्टेन्ट चिकिस्त्सा बिज्ञान तथा आम जनस्वास्थ्यकै लागि प्रमुख चुनैतिको बिषयबन्न पुगीरहेको छ/
अमेरिकी तथा पश्चिमा रास्ष्टहरु यसमा केहि हदसम्म सजक भएपनि हाम्रा जस्ता एसियाली तथा अफ्रिकी मुलुकहरुमा एन्टिबायोटिक रेजिस्टेन्ट को अवस्ता भयाबह छ/

भबिष्यमा आउन सक्ने जटिलताहरु:

बढ्दो एन्टिबायोटिक रेजिस्टेन्ट बिश्वोकै एक प्रमुक स्वास्थ्य चुनौतीको रुपमा रहीआएको छ, बिश्वोमा हरेक साल यसले लाखौ मानिसहरुको ज्यान लिदै आएको बिभिन्न प्रतिबेदनहरुले प्रस्ट पार्छ, यहि गतिमा एन्टिबायोटिक रेजिस्टेन्ट बढ्दै जाने हो भने सन् २०५० सम्ममा एक करोड मानिसले एन्टिबायोटिक रेजिस्टेन्टको कारणले मात्रै  ज्यान गुमाउनेछन जसको अनुपात क्यान्सर, कोलेरा मधुमेह, झाडा-पखाला,दादुरा  सडक दुर्घटना  टीटानस बाट हुने  मृत्युहरुको योगफल संग बराबर हुन आउछ/

Fig:  Deaths from  antibiotics  medicine resistant infections  and  other causes  in 2050A.D (prediction)

कसरि यसलाई न्यूनीकारण गर्न सकिन्छ ?


एन्टिबायोटिक रेजिस्टेन्ट एन्टिबायोटिकहरुको जथाभाबी अनुचित प्रोयोग बाट निर्मित अवस्ता हो,जनस्वास्थ्यमा प्रतिकुल असर गर्ने यस भयानक समस्याको बारेमा कयौ जनमानस बेखवर छन् जसले गर्दा रोग चाडै निको हुने आशामा धेरै एन्टिबायोटिकजन्य औसधिको असावधानीपूर्ण सेवन गरिरहेका छन् /हामि साधारण रुघा खोकी जो एक-दुइ दिनमै आफ्नै शरीरको इम्युनीटिले  ठिक पार्छ त्यसलाई समेत आफूखुसि एन्टिबायोटिक प्रयोगद्वारा निको गराउने कोसिस गर्छौ, एन्टिबायोटिकले सबै रोगहरु निको बनाउछ भन्ने भ्रममा बस्दछौ ,जानी नजानी एन्टिबायोटिक अधिक सेवन गर्छौ, जो पछि गएर  एन्टिबायोटिक रेजिस्टेन्ट को कारण बन्छ / बर्तमान समयमा एन्टिबायोटिकजन्य औसधिको अन्य ओ.टि.सी मेडिसिन जस्तै निर्वाद रुपमा वितरण भै रहेको पाउन सकिन्छ,जसले गर्दा अनाबस्यक एन्टिबायोटिक खपत  तथा एन्टिबायोटिक रेजिस्टेन्ट बढीरहेका छन् /
बिशेस गरि अमेरिकी तथा पश्चिमा रास्ष्टहरु यसको प्रयोगको बिषयमा सजक तथा संबेदनशील छन, त्यसैले  एन्टिबायोटिक रेजिस्टेन्टका घटना ति देशहरुमा तुलनात्मक रुपमा कम हुनेगरेको पाइन्छ/ किटाणुजन्य रोग निदानमा उच्च स्तरिय प्रविधिको बिकास,नियन्त्रित रुपमा एन्टिबायोटिकजन्य औसधिको प्रयोग,नागरिकको एन्टिबायोटिक प्रयोग बारे सजकता आदि बाट धेरै  मात्रामा येस्बाट हुने जोखिम न्यूनीकरण गर्न सकिन्छ/
एन्टिबायोटिक रेजिस्टेन्ट  नियन्त्रणको लागि सरकार लगाएत सम्बन्धित निकाएको महत्वोपुर्ण भूमिका रहेको हुन्छ/  यसको  न्यूनीकारणको लागि  सर्बप्रथम हाम्रो व्यवहारमा परिबर्तन ल्याउनु आबश्यक छ, एन्टिबायोटिक कस्तो  प्रकृतिको औसधि हो ? यसले कसरि हाम्रो शरीरमा कसरि असर देखाउछ भन्ने बारे सबैले बुझ्नु आबश्यक छ,यसको न्यूनीकारणको लागि अनुसन्धान गर्ने बैज्ञानिक, एन्टिबायोटिक उत्पादन गर्ने फर्मास्युटिकल कम्पनि,प्रेस्काइबिङ्ग गर्ने चिकित्सक, वितरण गर्ने फर्मासिस्ट अन्य स्वास्थ्य प्राबिधिक देखि सेवन गर्ने बिरामी सम्म सबैको उतिकै भूमिका रहेको हुन्छ/
चिकित्सकले प्रेस्काइबिङ्ग गर्दा जटिलता अनुसार सही एन्टिबायोटिक सिफारिस गर्ने, वितरण गर्दा  फर्मासिस्ट लगाएत स्वास्थ्य प्राबिधिकले राम्ररी बिरामीलाई औसधिको सहि प्रयोगको बारेमा ज्ञान दिने र अन्त्यमा बिरामीले पनि सहि तरिकाले तोकिएको अबधि सम्म नियमित एन्टिबायोटिक सेवन गरे धेरै मात्रमा एन्टिबायोटिक रेजिस्टेन्ट लाइ न्यूनीकारण  गर्न सकिन्छ /
                                                                                         
                                                                                          कपिल पाण्डे
                                                                                    डाक्टर अफ फार्मेसी,
                                                                            बि.जेड.युनिभर्सिटी, पाकिस्तान 
Sharing is Caring !!

(1) Comment

  • Kamal magar January 8, 2020 @ 2:27 pm

    Thanks alots kapil dai for providing information on awareness of antibiotic resistance.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Pharmacy Council 14th License Exam Result Pharmacy Assistant Nepal…
Cresta Posts Box by CP
error:
X