‘एन्टिवायोटिक’ को विगविगी

'एन्टिवायोटिक' को विगविगी
Sharing is Caring !!

‘एन्टिवायोटिक’ को विगविगी

एन्टिवायोटिक भनेको थरिथरीका व्याक्टेरिया मार्न प्रयोग गरिने विशेष औषधि हुन, जसले त्यो कामबाट कयौंको ज्यान वचाउँछन्। तर हरेक चिज सही ठाउँमा सही मात्रामा मात्र प्रयोग गरिनु वाञ्छनिय हुन्छ। नत्र त्यसका कारण तत्कालिन र दीर्घकालिन असर भोग्नैपर्छ। अहिले विभिन्न कारणले एन्टिवायोटिकको नचाहिँदो प्रयोगले गर्दा विरामीलाई पर्ने असर त छदैँछन्। पहिलेका प्रभावकारी औषधि अहिले कामै नगर्ने भइसकेका छन्।
थुप्रै अन्तराष्ट्रिय निर्देशिका हुदाँपनि सही र निर्दिष्ट ठाउँमा मात्रा प्रयोग गरिनुपर्ने एन्टिवायोटिक हेलचेक्राइकासाथ प्रयोग भएको पाइन्छ। प्रथमतः एन्टिवायोटिक व्याक्टेरिया मार्ने औषधि हुन्।
भाइरसलाई मार्ने औषधि होइन।  हामीले देख्ने गरेका अधिकाशं विरामीहरु जस्तै रुघाखोकी, माथिल्लो श्वास प्रश्वास नलीका लक्षण, व्रोन्कियोलाइटिस, इन्फ्लुयन्जा, घाँटी दुख्ने, काम र नाकका संक्रमण हुने गर्छन्।
तर विडम्वना यस्ता सबै विरामीहरु एन्टिवायोटिक खाइरहेको देख्न पाइन्छ। यसले विरामीको फजुल खर्च गराउनेमात्र हैन उसको स्वास्थ्यमा प्रतिकुल असर पार्छ। साथसाथै खतरनाक व्याक्टेरियाको विकास गर्न मद्धत पुर्‍याउँदछ ।
के हुन्छ त जथाभावी प्रयोगले?
चाहिदै नचाहिएको वेलामा एन्टिवायोटिक दिँदा ती व्यक्तिहरुलाई एन्टिवायोटिक नछुने क्लसट्रिडियम डिफिसाइलजस्ता व्याक्टेरिया हावी हुन मद्धत पुग्छ, जस्ले ज्यान लिनसक्ने पखाला गराउन सक्छन्।
अनि विना जरुरत प्रयोग गरिएका एन्टिवायोटिकले हाम्रो आन्द्रामा भएका लाभदायी व्याक्टेरियालाई सुषुप्त बनाइदिने मात्र हैन कतिमा उत्परिवर्तन गराएर तटस्थ या लाभदायी व्याक्टेरियाबाट हानीकारक र औषधि नटेर्ने व्याक्टेरिया जन्माउन मद्धत गर्छन।
सिधै वंशाणु साटासाट गरी लाभदायी व्याक्टेरियालाई हानीकारक बनाउन पनि सक्छन्। नचाहिएको वेलामा प्रयोग गरिरएका एन्टिवायोटिकले काम गर्ने गनोरिया, रक्त संक्रमण, अगं संक्रमण भएको तथा विरामीको अस्पताल वसाई  लम्बाएको थुप्रै तथ्याकं प्रकाशित छन्। यसरी दुरुपयोग गरिदा तत्कालिन असर त यी भए, दीर्घकालिन रुपमा अहिले भएका राम्रा औषधिले भोलिको केही वर्षमा प्रभाव गुमाई निरर्थक वन्दछ।
किनभने गलतवेला गलत तरिकाले प्रयोग गरिएका एन्टिवायोटिक विरुद्ध व्याक्टेरिया हावी हुन्छन्। र तिनलाई निष्क्रिय पार्ने उत्परिर्वतन गराउँछन्– व्याक्टेरियाले आफैंमा ।
किन हुन्छ त नचाहिंदो प्रयोग?
१. विरामी ;- हामीकहाँ साह्रै नराम्रो चलन  के छ भने “मलाई या मेरो फलानोलाई त एन्टिवायोटिक नख्वाई सन्चै हुन्न” जस्ता विश्वास सर्वसाधारण पाइन्छ। अनि चाहे भाइरल ज्वरो या एलर्जी  नै किन नहोस् आफै् लक्षण बढाएर भएपनि एन्टिवायोटिक खानेगरेको पाइन्छ।
अझै नराम्रो कुरा त, पहिलेको कुनै वेलाको रहलपहलमा औषधिको नाम लिई फार्मेसीमा एन्टिवायोटिक किनेको पनि देखिन्छ। कतिले त इन्टरनेटबाट इन्फर्मेसन पढेर आफै निदानपनि शुरु गर्दारहेछन। एन्टिवायोटिकबाट चाहे त्यो विरामीमा व्याक्टेरियाको रोल नै किन नहोस्।
२. औषधि पसल ;- एक मेटा अनालाइसिस र जर्नल–रिभ्यूले देखाएको र मैले प्रत्यक्ष देखेको कुरा; यहाँका अधिकाशं पसलमा गएर पखाला लाग्यो मात्रा भन्नुस तपाईलाई बजारमा रहेको थुप्रै ब्राण्डका मेट्रोनिडाजोल, टिनीडाजोल, सिप्रोफ्लोक्सासिन आदि एन्टिवायोटिक्स विना जाचँ सजिलै दिन्छन्।
बच्चाको सामान्य रुघाखोकी ज्वरो जेसुकै होस् अनधिकृतरुपमा ल यो ख्वाउनुस भन्दै ‘ एमोक्सिसिलिन’ ‘ एजिथ्रोमाइसिन’ बेचेको पाइन्छ। के एन्टिवायोटिक्स यसरी “ओभर–द काउन्टर” वेच्ने औषधि हो? सुनिदिने कसले? अहिले हरेक पखाला लागेको बच्चा जीवनजल हैन, मेट्रोनिडाजोलओफ्लोक्सासिन पसलमै किनेर खाइवरी आउको हुन्छ जवकि आधा भन्दा बढी पखाला रोटा भाइरस, नरवाक भाइरस जस्ता जीवाणुले हुने गर्छ। तर कसरी बुझाउनु?
३. चिकित्सक ;- कतिपय अवस्थामा चिकित्सकले जानेरपनि “कल्चर रिपोर्ट” नकुरेर, या विरामीको दवावमा परी वा प्रत्तिक्षा गर्न नमिलेर र औषधि कम्पनी आर्थिक प्रलोभन को कारण पनि एन्टिवायोटिक चलाएको देखिन्छ। सामान्य भाइरल ज्वरोमा पनि विरामी-अभिभावकहरुलाई सम्झायनको सट्टा फ्लोरोक्वीनोलोन, एजिथ्रोमाइसिसन चलाएको तथ्याकं भेटिएको छ।
एन्टिवायोटिकको प्रयोग नचाहिँदो प्रयोग अत्यन्तै बढेको छ। कुनैपनि एन्टिवायोटिकको केही न केही असर त हुन्छ नै नचाहिदो  प्रयोगले। अनि कालान्तरमा त्यो औषधिलाई व्याटेरियाले जितेर औषधि वेकारको हुन पुग्छ। यसको परिमाण हुन एम आर एस ए,सी डिफिसाइल, भीआरइ आदि रेसिस्टेन्ट व्याक्टेरियाका स्पेसिजहरु।
यो एउटा पाटो हो भने अर्को पक्ष हो तोकिएको औषधि पनि आंशिक तथा अपुरो खाने  या पुरा मात्रा नखाने, कुनै मात्रा नै हेलचेक्राइं गरी छोडिदिने। एक यूरोपियन जर्नलमा प्रकाशित अध्ययनअनुसार त्यसका ६ हजार सहभागीमध्ये ११ प्रतिशतले एन्टिवायोटिक पाउनका लागि डाक्टरलाई लक्षण बढाइचढाइ भनेका थिए, २५ प्रतिशतले लक्षण कम हुनासाथ वाँकी दिनको मात्रा खाएनन्, २५ प्रतिशतले कहिले खाने कहिले वेवास्ता गर्ने गरेका थिए। यो वानी हामी नेपालीमा पनि छ। यसले पनि व्याक्टेरियाहरुलाई औषधि सित नटेर्ने बनाउन मद्धत गर्छ। अनि मात्रा आफ्नो शरीरमा भएका लाभदायी व्याक्टेरियाको नाश गराउँछ।
समाधान के त?
एन्टिवायोटिकको सही प्रयोगको लागि विश्वभर ‘एन्टिवायोटिक’ स्टेवार्डशीप  लागु गर्ने क्रम चलिसकेको छ। तर यो त अस्पतालमा सम्भव छ। जवसम्म हामी किराना पसलमा किराना मालसामान किनैझैँ एन्टिवायोटिक किन्ने र बच्ने गर्न छाड्दैनौं। तबसम्म यो समस्या जिउका तिउ रहनेछ।
 लाइसेन्स्ड डाक्टरको प्रेश्क्रिप्शनविना एन्टिवायोटिक नखाने । भनेको डोज (मात्रा) सही समय र पुरा कोर्स खाने । पहिलेको उही प्रकृतिको विमारी भनेर त्यसै औषधि सेवन नगर्ने । कुनै कारणले रहलपहल औषधि विनापरामर्श आफूलाई या अरुलाई प्रयोग नगर्ने- नगराउने ।
उस्तै प्रकृतिको लाग्ने अर्को विरामीको प्रेश्क्रिप्सनको औषधि नखाने । डाक्टरलाई लक्षणको वढाइचढाइ गरी एन्टिवायोटिक लेख्ने प्रेसर दिनुभन्दा ठीक जे भएको हो त्यही बताउने । मेडिकल हलबाट विनाजांच एन्टिवायोटिक नकिन्ने ।
सुरक्षित र स्वस्थ रहन अनि खोप लिई रोगबाट बच्न सन्देश दिने। सकेसम्म सही र सबैभन्दा प्रभावकारी एन्टिवायोटिक छनोट गर्ने। जसको रिस्कः वेनेफिट अनुपात विरामीलाई लाभदायी होस्।  दिइएको एन्टिवायोटिक सही मात्रा पुरा कोर्स सेवन गर्ने।
यो पनि पढ्नुहोस्
Sharing is Caring !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

फर्मासिस्ट लाइसेन्स परीक्षामा सुधार आवश्यक नेपाल फार्मेसी काउन्सिल ले प्रतेक…
Cresta Posts Box by CP
error:
X