औषधि पसल कसरी दर्ता गर्ने ?

औषधि पसल दर्ता Pharma Info Nepal

औषधि पसल कसरी दर्ता गर्ने ?

नेपाल मा औषधि र औषधिजन्य सामग्री को दर्ता नियगमन र नियन्त्रण औषधि व्यवस्था बिभाग ले गर्दछ, त्यस अनुरुप औषधि पसल दर्ता गर्न औषधि व्यवस्था बिभाग को कार्यलयमा मा सम्पर्क गर्नु पर्ने हुन्छ|

पेश गर्नुपर्ने कागजात

  1. अनुसूची ८ बमोजिमको निवेदन
  2. सम्बन्धित ब्यक्ति / ब्यक्तिहरुको नागरिकताको प्रतिलिपि
  3. धनि / धनि र ब्यवसायीले गर्ने कबुलियतनामा
  4. फार्मासिस्ट तथा फार्मेसी सहायकको हकमा नेपाल फार्मेसी परिसदको दर्ता प्रमाणपत्र
  5. ब्यवसायी मान्यता प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि र रिफ्रेसर कोर्स तालिमको प्रमाणपत्र
  6. फार्मेसी संचालन हुने भवन वा कोठाहरुको भाडा सम्झौता
  7. फार्मेसी रहने स्थानको धनीको हस्ताक्षर सहितको स्पस्ट नक्सा (Location, Map, Phone N, e-mail सहित)
  8. ओरिएन्टेसन तालिमको प्रमाणपत्रको प्रतिलिपि
  9. एस . एल . सी . को प्रमाणपत्रको प्रतिलिपि
  10. प्रा. लि. को हकमा संचालक समितिको निर्यण सम्बन्धि माइनुट को प्रतिलिपि, कम्पनि रजिस्ट्रारको कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, कम्पनिको नियमावली र प्रबन्धपत्रको प्रतिलिपि तथा ब्यवसायी को नियुक्तिपत्र

सेवा शुल्क 

  • रु १००००० सम्म रु ५००
  • रु १००००१  देखि ५००००० सम्म रु १०००
  • रु ५००००० भन्दा माथि रु २०००

नोट :- फार्मेसीदर्ता प्रमाणपत्र लिन धनि स्वयम उपस्थित हुनपर्नेछ |

यो कार्य online बाट प्रदान गरिदै आएकोले तोकिएको कागजात DAMS मा Upload गर्नुपर्ने | 

दर्ता गर्नको लागी यहाँ Click गर्नुहोस Click Here

Sharing is Caring !!

(5) Comments

  • bhim thapa January 21, 2020 @ 4:11 pm

    Is possible online pharmacy service registration ?

  • Sunil Jayswal January 22, 2020 @ 1:53 am

    Jayswalsunil

  • Mansh bk January 22, 2020 @ 3:39 am

    Thanks good

  • Saroj Sharma January 22, 2020 @ 4:13 am

    Pharmacy ko license na vayekole
    darta garna milxa ki nai Cma padeko le

  • Akash jha January 24, 2020 @ 4:04 am

    HA ko lagi kunai system or rules xa ki nai
    Plz reply me

Leave a Reply

Your email address will not be published. Required fields are marked *

X
%d bloggers like this: