औषधि प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु

Medicine use

औषधि प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु

  • मान्यता प्राप्त स्वाथ्यकर्मीको पुर्जामा मात्र औषधि पर्योग गर्ने| 
  • औषधिको प्रयोग सम्बन्धि पूर्ण जानकारी लिने|
  • औषधिको सेवन तोकिएको समयमा, तोकिए बमोजिमको फरकमा, तोकिएको समयसम्म प्रयोग गर्ने|
  • औषधि बालबच्चाको पहुचबाट टाढा राख्ने|
  • यदि कुनै औषधि सेवन गर्न भुलेमा सम्झने बितिक्कै सेवन गर्ने तर अर्को मात्रा सेवन गर्ने समय नजिक भएमा सेवन नगरी अर्को मात्रा सेवन गर्ने|
  • आफु गर्भवती भएमा सो बारे स्वाथ्यकर्मीलाई जानकारी दिने|
  • औषधि प्रयोग गर्दा जिउ चीलाएमा, छालामा डाबरहरु आएका, स्वास फेर्न गाह्रो भएमा वा यस्तै अन्य लक्षण  देखा परेमा तुरुन्त औषधि प्रयोग गर्न छाडी स्वाथ्यकर्मीलाई सम्पर्क राख्ने|
  • एन्टिबायोटिक  औषधि प्रयोग गर्दा मान्यता प्राप्त स्वाथ्यकर्मीको सल्लाहमा तोकिएको अवधि र समयभित्र प्रयोग गरौ र गराऔ|
Sharing is Caring !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

X
%d bloggers like this: