दुखाई कम गर्ने औषधि बारे जान्नु पर्ने केहि कुरा

दुखाई कम गर्ने औषधि बारे जान्नु पर्ने केहि कुरा
Sharing is Caring !!

दुखाई कम गर्ने औषधि बारे जान्नु पर्ने केहि कुरा

सामान्य एबम गहिरो दुखाई कम गर्न को निमित्त आफु खुशी प्रयोग गर्दा दीर्घकालमा गम्भीर असर पर्न सक्छ, यस्ता औषधि प्रयोग गर्नु अघि फार्मासिस्ट अथवा चिकित्सक को सल्लाह लिनुपर्दछ , तत्काल को दुखाई कम गर्न को निम्ति नकारात्मक असर लाइ ध्यान नगरी औषधि को प्रयोग गरेको पाइन्छ |

औषधि को आवश्यकता हेरी प्रयोग गर्ने ,सामान्य किसिमको दुखाई एतिकै पनि कम गर्न सकिन्छ

खाली पेटमा यस्ता औसधि को प्रयोग नगर्नुस जसले गर्दा एसिडीटि बढाउछ

दुखाई कम गर्ने औषधि प्रयोगगर्दा मादक पदार्थको सेवन नगर्नुस , मादक पदार्थ र औसधि संगै प्रयोग गर्दा औषधि को नकरात्मक असर बढी मात्रा मा हुन्छ ,रिंगटा लाग्ने , असिडीटि बढ्ने र मुटुमा असर गर्ने खतरा हुन्छ

दुखाई कम गर्ने औषधि को चक्की सकेसम्म भाचेर खानु हुदैन, भाचेर प्रयोग गर्दा एसको प्रभाव कम हुन् सक्छ

दुखाई कम गर्ने औषधि खाना  खाए पछि खानुस् साथै पानी पनि प्रसस्स्त मात्रा मा पिउनुहोस

दुखाई कम गर्ने औषधि औसधि बारे फार्मासिस्ट संग बिस्तृत जानकारी लिनुहोस् ,कति मात्रा लिनु पर्ने, कति समय सम्म लिनु पर्ने , यसको असर बारे जानकारी लिनु पर्छ

कतिपय दुखाइ कम गर्ने औषधि हरु ले लत लाग्ने सक्ने समस्या हुन्छ , साथै दुखाई कम गर्न सेवन गरेको औषधि ले लत नै लाग्यो भने झन् समस्या पर्न जान्छ , ट्रामाडोल , मोर्फिन, कोडीन जस्ता औषधि प्रयोग गर्दा होसियारि अपनाउनुहोस |

हृदय रोग, उच्च रक्तचाप् , अल्सर जस्ता स्वास्थ्य समस्या छन् भने दुखाइ कम गर्ने औषधि सेवन गर्नु घातक हुन्छ| यस्तो किसिम को रोग छ भने यी औषधि प्रयोग नगर्नुस् |

चिकित्सक संग सल्लाह लिन जादा आफ्नो सान गरिरहेको औषधि बारे जानकारी दिनु होस् |

औषधि पनि एक किसिम को रसायन भएकोले ले शरीरमा नकरात्मक असर पर्छ , कुनै पनि औषधि प्रयोग गर्दा होसियारी अपनाउनुहोस् भबिस्य मा कुनै पनि अंग मा असर हुन् नदिन को निम्ति

Sharing is Caring !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Collection of Past Questions Nepal Pharmacy Council License Exam for…
Cresta Posts Box by CP
error:
X