राष्ट्रिय ट्रमा सेन्टरले फार्मेसी विस्तार गर्ने

राष्ट्रिय ट्रमा सेन्टरले फार्मेसी विस्तार गर्ने तयारी गरेको छ । अस्पतालको आन्तरिक स्रोत बढाउन हाल एउटा मात्रै फार्मेसी रहेकामा थप दुईवटा सञ्चालनको तयारी गरेको छ ।

अस्पताल प्रशासनले एउटा शल्यक्रिया कक्ष नजिक, एउटा आकस्मिक कक्ष र अर्को गेटबाट छिर्नासाथ फार्मेसी स्थापना गर्ने जनाएको छ ।

माथिल्लो तहमा रहेका फार्मेसीले अस्पतालमा रहेका बिरामीलाई थप सहज हुने अस्पतालका कामु प्रमुख मेडिकल सुपरटेन्डेन्ट प्रमोदकुमार यादवले बताए । अस्पताल प्रवेश गर्नासाथको फार्मेसी यहाँका बिरामी मात्रै नभएर बाहिरबाट आएका बिरामीलाई समेत लक्षित हुने उनको भनाइ छ ।

अस्पतालले सहुलियत दरमा औषधि बिक्री गर्दासमेत त्यो रकम अस्पतालका लागि आन्तरिक आम्दानी हुनसक्ने उनले बताए । उनका अनुसार उक्त आम्दानी अस्पतालले दैनिक ज्यालादारी कर्मचारीको सुविधामा वा अस्पतालकै लागि खर्च गर्न सक्नेछ । उनले भने, “बाहिर उपचार गराइरहेका बिरामीलाई समेत सहुलियतमा औषधि पाउने हुँदा सहज हुनसक्छ ।”

अस्पतालमा अहिले रहेको फार्मेसी बाहिरबाट देखिने ठाउँमा नभएकाले गेटबाहिरैबाट देखिने स्थानमा सार्ने तयारी भइरहेको पनि यादवले बताए । बाहिर महँगो क्लिनिक वा नर्सिङ होममा उपचार गराइरहेका बिरामीसमेत सस्तो मूल्यमा औषधि किन्न अस्पताल आउने विश्वास गरिएको छ । रासस

Sharing is Caring !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

X
%d bloggers like this: