टीकापुरमा औषधि अभाव

कोरोनाको विरामी आइसीयूमा बस्नु परे आवश्यक पर्ने औषधिको सूची
Sharing is Caring !!

टीकापुरमा औषधि अभाव

लम्की, ४ वैशाख (रासस): लकडाउनका बेला आपूर्ति सहज नभएका कारण कैलालीको टीकापुरमा औषधि अभाव देखिन थालेको छ । सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै रोक नलगाएको भए पनि ढुवानीको असहजताका कारण औषधि अभाव देखिन थालेको औषधि व्यवसायी बताउँंछन् ।

“विशेष गरी दम, सुगर, प्रेसर, थाइराइड र मानसिक समस्या भएका बिरामीले सेवन गर्ने औषधिहरूको बजारमा अभाव देखिन थालेको छ”, टीकापुरस्थित चण्डीमाई मेडिकलका सञ्चालक तथा औषधि व्यवसायी टेकनारायण पौडेलले भन्नुभयो, ‘‘कोरोनाको संक्रमणका कारण भारतबाट आउनुपर्ने औषधिहरू आउन सकेको छैन ।’’

नेपालका औषधि उत्पादक कम्पनीले प्रायः आपूर्ति सहज हुने ठूला शहरमा मात्र बढी जोड दिएका कारण अन्त औषधिको अभाव देखिने अवस्था आएको व्यवसायीको गुनासो छ । औषधि व्यवसायी संघ टीकापुरका अध्यक्ष शंकर शर्माले लकडाउनका कारण आपूर्तिमा आएको असहजता, औषधि कम्पनीबाट नगद कारोवारको अनिवार्य प्रावधान लागु र आवश्यक औषधि आफंैँ गएर ल्याउनुपर्ने जस्ता कारण बजारमा औषधिको अभाव देखिन थालेको बताउनुभयो । ‘‘बजारमा औषधि अभाव भइसकेको छ । आफैंँ गएर औषधि ल्याउन पनि कठिन छ’’, अध्यक्ष शर्माले भन्नुभयो, ‘‘यस्तो बेलामा सरकारले सहज आपूर्तिको व्यवस्था गरिदिनुपर्छ ।’’

टीकापुर अस्पतालका मेसु डा जितेन्द्र कँडेलले अस्पतालले निःशुल्क बाँड्ने औषधिको माग पनि धेरै दिन थेग्नका लागि मौज्दात नभएको बताउनुभयो । “अस्पतालले केही औषधि खरीदका लागि टेण्डर गरेको थियो तर देशमा विकसित नयांँ परिस्थितिका कारण आपूर्ति हुन नसकेकाले मौज्दात धेरै छैन”, मेसु डा कँडेलले भन्नुभयो, ‘‘अस्पतालले निःशुल्क बाँड्ने औषधिको अहिले नै संकट परेको त छैन तर धेरै दिनलाई थेग्ने गरी स्टक पनि छैन ।”

टीकापुर नगरपलिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बजारमा अत्यावश्यक औषधि अभाव हुन नदिन आपूर्तिको सहजताका लागि सम्बन्धित निकायमा समन्वय गरिने बताउनुभयो ।

Sharing is Caring !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

निःशुल्क स्यानिटाइजर बिक्री गरेकामा औषधि पसल बन्द नेपालगञ्ज, ४ वैशाख(रासस):…
Cresta Posts Box by CP
error:
X