फर्मासिस्ट लाइसेन्स परीक्षामा सुधार आवश्यक

Nepal Pharmacy Council
Sharing is Caring !!

फर्मासिस्ट लाइसेन्स परीक्षामा सुधार आवश्यक

नेपाल फार्मेसी काउन्सिल ले प्रतेक वर्ष ३ पटकलिने भने पनि एक पटक परीक्षा लिन हम्मे परिरहेको छ। नेपाल लगायत भारत , पाकिस्तान लगायतका देश बाट आफ्नो अध्ययन पूरा गरेर नेपाल आएका करिब हजारौं फार्मेसीका विधार्थी यो परिक्षामा सामेल हुन्छन्। नेपाल फार्मेसी काउन्सिल ले काठमाण्डौमा मात्र परिक्षा संचालन गर्ने गरेको छ । राजधानी बाट मात्र परीक्षा गरिदा देशभरका विधार्थी उपत्यका आउन बाध्य छ्न । यस बाट परिक्षार्थी मा आर्थिक व्ययभार बढन गएको छ । विधार्थीहरु को संख्या र शंकाय हेरे परीक्षा केन्द्र लाई लाई क्षेत्रीय रुपमा पोखरा बुटवल चितवन जस्ता शहर हरुमा विकेन्द्रीत गर्ने हो भने धेरै विधार्थी लाई सरल हुने थियो ।यस्तै गरि , फार्मा डि विषयको लागि पनि बि फार्मा को प्रश्न सोधिनु अव्यवहारिक हुन्छ । परिक्षार्थीहरु को भनाइ मा यसको लागि छुट्टै प्रश्नपत्र तयार गरिनु पर्दछ । परिक्षामा सहभागीका अनुसार नेपाल फार्मेसी काउन्सिल को प्रश्नपत्रधेरै जसो क्लिनिकल र नियम कानुन मा बाधिएको छ ।नेचुरल प्रोडक्ट र मेडिकल क्यामेस्ट्री मा जुन रुपमा प्रश्न सोधिनु पर्ने त्यो रुपमा प्रश्न सोधिएको छैन ।औषधि खोज , त्यसको प्रयोग , त्यसको उत्पादन , त्यसको बजारीकरण देखि लिएर औषधि ले कसरी कार्य गर्दछ त्यस सम्बन्धमा सम्पुर्ण विषय लाई सापेक्षित बनाएर परिक्षा लिनु पर्ने थियो । यस्तै परिक्षार्थी भन्छ्न , नेपाल फार्मेसी काउन्सिल ले पाठयक्रममा एकरुपता ल्याउन सके मात्र परीक्षा व्यवहारिक हुन्छ । उनका अनुसार पाठ्यक्रम एकातिर छ भने एकेडमीक पद्धति अर्कातर्फ अनि परीक्षा अर्को तिए यसो हुदा पाठक्रम – शैक्षिक पद्धति र परीक्षण प्रणाली बिछ तालमेल हुन सकेको छैन । औषधि विज्ञान जस्तो जटिल विषयमा काउन्सिल को यो लापरबाही वास्तवमा अनुचित छ ।उल्लेखित विषयमा ध्यान दिदै समग्र पाठ्यक्रम , शैक्षिक पद्धति र परीक्षा प्रणाली प्रती काउन्सिल ले सुधार गर्नु पर्ने देखिन्छ ।
Sharing is Caring !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error:
X