NPA ले बुझायो नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा ज्ञापनपत्र 

Pharma Info Nepal:www.pharmainfonepal.com
Sharing is Caring !!

NPA ले बुझायो नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा ज्ञापनपत्र 

नागरिकको मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवा अभिछिन्नरुपमा प्रबाह गर्नको निम्ति राज्यको तिनवटै तहको सम्रचनाहरुबाट आधारभूत स्वास्थ्य उपचारलाई चुस्त दुरुस्त र भरपर्दो बनाउनु आजको आवश्यकता हो ।

यहि आवश्यकता पुरा गर्नको निम्ति हालसालै सुदुरपश्चिम प्रदेश लगायत अन्य प्रदेशको संगठन तथा ब्यबस्थापन सर्बेक्षणको पहिलो मस्यौदा प्रतिबेदन, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान,ललितपुरले पेश गरेको प्रतिबेदनमा फार्मेसी पेशालाई अन्य समुहमा लगेर गाभ्ने र सेवा करारमा कर्मचारी लिई कार्यरत कर्मचारी निवृतिभरण भएपछि सो समूह खारेज गर्ने भनि उल्लेख भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

तसर्थ राज्यले अङ्गीकार गरेको औषधि ऐन, जनस्वास्थ्य ऐन , राष्ट्रिय औषधि नीति , अस्पताल फार्मेसी निर्देशिकालगायतका अन्य नीति नियमहरु पालनाको निम्ति फार्मेसिस्टको भूमिका अपरिहार्य हुनाले सो कदमलाई तुरुन्त सच्याई स्वास्थ्य सेवाको अभिन्न अंगको रुपमा फार्मेसी सेवालाई प्रदेशमा स्थापित गराई नागरिकको मौलिक अधिकार हनन हुनबाट बचाउनको निम्ति हाम्रो एसोसीएसन जोरदार माग गर्दछ ।

साथै यस एसोसीएसनबाट पेश भएको संसोधन प्रस्ताव समावेस गरि यथासिग्र प्रतिबेदनलाई सच्याई हरेक पेशाको दक्षता, बिषयबिग्यता र आवश्यकतालाई केन्द्रबिन्दुमा राखी सम्रचना विकाश गर्न जोरदार रुपले माग गर्दछ ।

 

Nepal Pharmaceutical Association
ज्ञापनपत्र
Nepal Pharmaceutical Association
ज्ञापनपत्र

Nepal Pharmaceutical Association

Nepal Pharmaceutical Association

Nepal Pharmaceutical Association


Suggested Post:-

Sharing is Caring !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

किन मानिसहरूलाई फार्मासिष्टको भूमिका थाहा छैन    हामी सबैलाई राम्ररी…
Cresta Posts Box by CP
error:
X