कोरोनाको विरामी आइसीयूमा बस्नु परे आवश्यक पर्ने औषधिको सूची

कोरोनाको विरामी आइसीयूमा बस्नु परे आवश्यक पर्ने औषधिको सूची
Sharing is Caring !!

१५ दिन आइसीयूमा बस्नु परे कति औषधि चाहिन्छ एक जना कोरोनाको विरामीलाई

मन्त्रालयले तयार गर्‍यो ४४ प्रकारका औषधिको सूची

स्वास्थ्य मन्त्रालयले विज्ञ टोलीसंग छलफल गरेर आइसीयूको विरामीलाई चाहिने ४४ प्रकारका अत्यावश्यक औषधिको सूची तयार गरेको छ ।

उक्त सूचीमा कोरोना संक्रमित एक व्यक्तिलाई १५ दिन आइसियूमा राख्नुपर्दा चाहिने औषधिको परिमाण उल्लेख छ । यो सूचीलाई उच्चस्तरीय समितिले समेत अनुमोदन गरेको छ ।

‘अहिलेको आपतकालिन अवस्था र त्यसपछि पनि पर्न सक्ने अवस्थालाई दृष्टिगत गरी यो सूची बनाइएको हो,’ विज्ञ टोलीका एक सदस्य डा भगवान कोइरालाले भने । उनले अहिलेको अवस्थामा यी औषधिहरु सरकारसंग छ कि छैन ? औषधि व्यवसायीसंग छ कि छैन ? नभए कति सरकारले खरिद गर्ने ? कति व्यवसायीकहाँ राख्ने भन्ने विषय स्पष्ट हुनका लागि पनि सूची तयार गरेको बताए ।

विज्ञ समितिले तत्काल यी औषधि एक हजार विरामीका लागि तयारी अवस्थामा राख्न समेत सुझाव दिएको छ ।

उता कतिपय औषधि व्यवसायीहरुले आइसीयूका लागि चाहिने भनिएका कतिपय यी औषधिहरु नेपाली बजारमा अभाव हुँदै गएको बताएका छन् ।

सूचीमा रहेका ४४ प्रकारका यी औषधिहरु स्वदेशमा कमै बन्छ । स्टक पनि खासै छैन् । विदेशबाट अरुबेला जस्तो सहज रुपमा आउन पनि गाह्रो हुनसक्छ । त्यसैले सरकारले वेलैमा व्यवसायीसंग समन्वय गरेर कदम अगाडी बढाउन जरुरी छ,’ एक व्यावसायीले भने ।

सुची यसप्रकार छ 

S.N. Name of Medicine Quantity Remarks
1. Inj. Adrenaline 1mg 50
2. Inj. Atropine 0.6mg 20
3. Inj. Noradrenaline 2mg 50
4. Inj. Phenylephrine 100mcg 2
5. Inj. Dobutamine 20
6. Inj. Dopamine 20
7. Inj. Vasopressin 6
8. Inj. Sodium bicarbonate 10ml 100
9. Inj. Magnesium Sulphate 1gm 30
10. Inj. Calcium Gluconate 1gm 30
11. Inj. Potassium Chloride 20 Meq 10
12. Inj. Propofol 20ml 10
13. Inj. Fentanyl 100mcg 10
14. Inj. Paracetamol 1gm 20
15. Inj. Midazolam 5mg 2
16. Inj. Cistatracurium 10 Vials
17. Inj. Rocuronium 50mg 5
18. Inj. Morphine 10mg 10
19. Inj. Chlorpheniramine 5
20. Inj Hydrocortisone 15
21. Inj. Frusemide 20mg 20
22. Inj. Ondansetron 20
23. Inj. Metoclopromide 20
24. Inj. Pantoprazole 40mg 15
25. Inj. Ranitidine 50mg 20
26. Inj. Meropenam 1gm 21
27. Inj. Ceftriaxonne 1gm 21
28. Inj. Piperacillin + Tazobactam 4.5gm 28
29. Inj. Polymixin 10 Lakh Units 20
30. Inj. Teicoplanin 400mg 20
31. Inj. Normal Saline 100ml 100
32. Inj. Normal Saline 500ml 25
33. Inj. Plasmalyte 1000ml 20
34. Inj. 50% Dextrose 25ml 10
35. Inj. Verapamil 1
36. Inj. Digoxin 1
37. Inj. Adenosine 2
38. Inj. Amidarone 10
39. Inj. Regular Human Insulin 2
40. Inj. Heparin 1 Vial
41. Inj. Enoxaparin 4omg 5
42. Inj. Enoxaparin 60mg 5
43. Tab. Hydroxychloroquine 400mg 20
44. Inj. Azithromycon 500mg 5

यो समाचार नेपाली हेल्थ बाट लिईएको हो

Sharing is Caring !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Principles of Drug Action Drugs (except those gene based) do…
Cresta Posts Box by CP
error:
X