प्रहरीसंग फार्मासिस्ट बरालका बिर्सन नसकिने तीन घटना

प्रहरीसंग फार्मासिस्ट बरालका बिर्सन नसकिने तीन घटना
Sharing is Caring !!

प्रहरीसंग फार्मासिस्ट बरालका बिर्सन नसकिने तीन घटना

पहिलो घटना : महाराजगंञ्ज मेडिकल क्याम्पसमा प्रथम बर्ष मा हुदाँ शिक्षण अस्पतालमा आमरण अनसनमा बस्नु भएका आदरिणीय गुरु प्राध्यापक डा. गोविन्द के.सी सर को अनसनलाई सर्मथन जनाउँदै बानेश्वरमा खाएको पुलिसिको पहिलो लठ्ी । त्यो वेला के.सी सरको माग काठमाडौ उपत्यका भन्दा बाहिर प्रत्येक प्रदेशमा एक सुविधा सम्पन्न सरकारी मेडिकल खोल्नपर्छ ताकि दुर्गमका विरामीले सहजै उपचार पाउन भन्ने थियो । आशा छ कुनै दिन कर्णाली प्रदेशमा पनि एक सुबिधा सम्पन्न सरकारी मेडिकल कलेज खुल्नेछ । त्यो बेलामा खाएको पुलिसको लठिको घाउमा मलम लगाएको अनुभुति हुनेछ ।

दोस्रो घटना: सायद म तेस्रो बर्षमा अध्ययरत हुँदा हो त्रि.वि चिकित्सा शास्त्र अध्ययन (IOM) को प्रबेश परीक्षाको नतिजा स्थगित गर्न पर्छ भनेर हामी विद्यार्थीहरु डिन अफीस अगाडी थियौ । त्यही समयमा पछाडिबाट प्रहरीले लठी चार्ज गरे भाग्दा भाग्दै प्रहरीको लठी खान पुगियो । त्यो बेला मित्र डा. मदन के.सी लाई हल्का बढि चोट लागेको थियो । यो चोट पनि माफिया को विरुद्रमा नै थियो ।

तेश्रो घटना : हिजो धेरै जनाले फोन गरेर आमा फार्मेसी कति बेला खुल्छ भनेर सोधेका थिए मैले ४ बजे पछि खुल्छ आउनुहोला भनेको थिए । त्यस मध्येका एक जनाले फोनमा मैले अकै कम्पनीको औषधी ल्याँए संधै खाईरहने औषधी हो खाइरहेको कम्पनीको पाईएन अर्को कम्पनीको पाइयो सबै मात्रा मिलेको छ या छैन तपाईकोमा फार्मेसीमा औषधी नभएनी औषधी सम्बन्धी परामर्श पाईन्छ एकपटक हजुरलाई देखाएर खानुपर्ला भन्नु भयो ।मैले भने सधैं खाइरहने औषधी खान नछोड्नुहोस फरक कम्पनीको भयनी खानु भने । विरामी हरु औषधी पाइदैन भनेर आतिएका छन । यो बेला COVID -19 संग नडराईकन नेपाल फार्मेसी संघको लोगो र फार्मासिस्ट लेखेको टिसर्ट लगाएर बिरामीलाई फार्मेसी सेवा दिनु भनेर प्रहरीले पहिले पनि तपाई यो टिसर्ट लगाएर मात्र हिड्नुहोला हामि यो प्रहरीको डेर्स लगाएर हामि प्रहरी हौं तेसैगरी तपाईको टिसर्टले तपाइको परि चय दिएको छ । तपाईले टिसर्ट े लगाएर मात्र हिड्नुहोला भनेर एक जना प्रहरीले पहिलो दिन भने । यसैलाई आधार मानेर म हिजो नेपाल फार्मेसी संघको टिर्सट लगाएर सधैं झै घरबाट फार्मेसी जान लाग्दा प्रहरीको पन्दामा परे तीनै प्रहरीले अघिलो दिन टिर्सट लगाउनु हामि समात्दैनौ भन्ने पछिल्लो दिन फार्मेसी के हो फर्मासीस्ट था छैन खुरुखुरु हिड् भनेर लगे म रहरले बाहिर आएको हैन सेवा दिन आएको भन्दा पनि मानेनन् अरु भागे म प्रहरी संग हैन फार्मेसी सेवा मार्फत COVID-19 संग लड्न सडकमा हिडेको नडराई प्रहरी मेरो साथि सम्झेर सर्जिकल माक्स लगाई आफ्नो फार्मेसी जान लाग्दा प्रहरीले मलाई समाते रमाइलो त यो थियो की तीनै प्रहरीले माइकमा औषधी पसल जस्ता अत्याआबश्क पसल खोल्न भनिरहेका थिए त्यसैको पछाडि एकजना प्रहरीले फर्मासिस्ट केहो था छैन मलाई साला खुरुखरुखुरु हिड भँदै एकजना फर्मासिस्टलाई जबरजस्त धकेल्दै थियो अगाडि भन्दै थिए औषधी पसल खोल्न माइकमा भनिरहेकै थिए तर मेरो मनमा मात्र कुरा खेलेको थियो कसैले फार्मासीस्टको महत्व बुझेर परामर्श र औषधी ल्याईदिन्छ भनेर आश मानेका छन त कसैले फार्मासिस्ट के हो था छैन साला खुरुखरुखुरु हिड भँदै थियो जब म मेरो आमा फार्मेसी अगाडि मलाई फार्मेसी , फार्मासिस्ट था छैन भन्ने प्रहरीले धकेल्दै पुरायो मलाई प्रहरी समात्दा रिपोटर्स कलब कर्णाली प्रदेशका अध्यक्ष प्रत्रकार लंक धमालाले देख्नु भएको थियो उहाँ यो आमा फार्मेसीको फार्मासिस्ट हो भनेछन अनि फार्मेसी अगाडि मलाई छोडे । मलाई धकेल्ने प्रहरी संग भने मेरो उ त्यो फार्मेसी हो भने उसले भन्यो त्यो औषधी पसलको साउजी होस भन्यो मेरो जवाफ आमा फार्मेसीको फार्मासिस्ट हो भने ।जब मलाई छोडे मैलै महसुस गरे मैले आमा फार्मेसी नभनेर आमा औषधी पसल हो भनेको भए हुने रैछ , मैले गल्ती गरे फार्मासिस्ट नभनेर औषधी पसलको साउजी हुँ भन्न पर्ने रैछ ।सायद यो भनेको भए म प्रहरीको जाल बाट छुटकारा पाउने थिए या प्रक्राउ पर्ने थिएन ? फार्मासिस्ट भन्नु मेरो ठुलो गल्ती भयो । “Your Pharmacist: A Partner for Good Health” “जहाँ औषधी त्यहाँ फार्मासिस्ट”

शेखर बराल आमा फार्मेसी खजुरा सुर्खेतका फार्मासिस्ट तथा नेपाल फार्मेसी संघ कर्णाली प्रदेश सुर्खेतका सचिव हुन ।

Sharing is Caring !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top 10 Pharmaceutical Companies of 2019 Below is a list…
Cresta Posts Box by CP
error:
X