औषधिको पछाडि हुने रातो धर्काको अर्थ के हो?

औषधिको पछाडि हुने रातो धर्काको अर्थ के हो?
Sharing is Caring !!

औषधिको पछाडि हुने रातो धर्काको अर्थ के हो?

औषधि” भन्नाले मानिस, पशु वा पंक्षीलाई हुने रोगको निदान गर्न, उपचार गर्न वा रोकथाम गर्न, रोग निको पार्न वा साम्य गर्न वा मानिस, पशु वा पंक्षीलाई रोग ल्याउने कीराको नाश गर्न मानिस, पशु वा पंक्षीको शारीरिक बनावट वा प्रक्रियालाई असर पार्न प्रयोग गरिने पदार्थ वा त्यस्तो पदार्थमा लगाउने साधक पदार्थ हो ।

हामीले सुनेकै-बुझेकै छौंः डाक्टरको सुझाव बिना औषधि खानु हुँदैन। व्यवहारमा यो लागू नगर्नेहरू भने धेरै छौं। टाउको दुखेदेखि झाडावान्तासम्म कुन औषधि खाने भन्ने धेरैलाई ‘कन्ठ’ भइसकेको छ। जथाभावी औषधि किनबेच र खाने गर्नुहुँदैन भन्ने हामीले नबुझेको होइन। डाक्टरहरूले पनि भन्छन्। अझ हरेकजसो औषधिमा लेखिएको हुन्छ। साथै फार्मासिस्ट संग सल्लाह लिनु पर्दछ औषधि को बारेमा

यति मात्रै होइन, जथाभावी खाँदा गम्भीर जोखिम आइपर्ने सम्भावना भएका औषधिमा त विशेष संकेत पनि हुन्छ। तपाईंले एकप्रति ट्याब्लेट औषधिको पछाडि हेर्नुभयो भने अधिकांशमा रातो धर्का देख्न सक्नुहुन्छ,  दुखाइ कम गर्ने कडा औषधि र एन्टिबायोटिक्समा विशेषगरी अथवा डाक्टरहरूको सल्लाह बिना प्रयोग गर्न नहुने औषधि खोलमा यस्तो धर्सा हुन्छ।

यो भनेको के त? –

डाक्टरको सुझाव वा प्रेसक्रिप्सनबिना खान नहुने,साथै यस्तो औषधि बिक्रीवितरण गर्दा फार्मासिस्ट को उपस्थिती पनि अनिवार्य छ ।

हाल यस्तो किसिमको लेबल सम्पुर्ण औषधि हरुमा राखेको हुन्छ, त्यसैले जथाभावी औषधि को प्रयोग नगर्नुसहोस् ,तपाईं जिम्मेवार भए औषधिले पनि राम्रो काम गर्छ।’ त्यसैले ध्यान पुर्‍याउनुहोस्, चेतावनीसहित आएको ‍औषधि यसै खाँदा ज्यानलाई राहतको साटो जोखिम बढी होला!

 

 

 

 

 

Sharing is Caring !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Covid -19 Guideline for Pharmacists and Pharmacy Assistant कोभिड -१९…
Cresta Posts Box by CP
error:
X