मानव शरीरमा डिस्इन्फेक्टेन्ट छर्किनु हानिकारिक

use-of-disinfectant-is-hazardous-in-human-body
Sharing is Caring !!

मानव शरीरमा डिस्इन्फेक्टेन्ट छर्किनु स्वास्थ्य को निम्ती हानिकारक हो। शरीरमा केमिकल स्प्रे गरेर कोरोना भाइरस मर्दैन। शरीरमा कोरोना भाइरस प्रवेश गरेपछि यस्ता डिस्इन्फेक्टेन्ट छर्दा नाश हुदैन। भाइरसको वृद्धि मानिसको शरीरभित्रको कोषमा वृद्धि हुने भएकाले यसले कुनै अर्थ राख्दैन।

यस्ता कीटनाशक औषधि शरीरमा लगाउँदा वा छर्कदा आँखा, नाक र मुखमा हानी पुर्‍याउने र श्वासप्रश्वासमा समस्या देखिन्छ,तोकिएको मापदण्ड पुर्‍याएर सही तरीकाले सही स्थानमा यस्तो झोल भुँई, सहत वा  सवारी साधनमा प्रयोग गरीएको खण्डमा निसंक्रमण गराउन मद्दत पुग्न जान्छ।

‘मानिसमा कीटनाशक झोल प्रायः पानीमा मिसाइएको सोडियम हाइड्रोफ्लोराइड र घरेलु ब्लिच क्लोरिङको झोलहरु हुन। शरीरमा कोरोनाको भाइरस प्रवेश भइसकेपछि क्लोरिङ ब्लिच जस्ता डिसइन्फेक्टले यो भाइरसको नाश गर्दैन। त्यसको जथाभावि प्रयोग नगरौं।’ 

‘कोरोना भाइरसको संक्रमण भाइरसबाट जोगिने मुख्य उपाय २० मिनेट मिचिमिचि हात धुने, लकडाउनको पालना गर्ने, सामाजिक दुरी कायम गर्ने र स्वास्थ्य मन्त्रालयबाट जारी गरिएका सन्दर्भसामग्री पालना गर्ने गरौं, शरीरमा कीटनाशक झोल छर्केर थप जोखिम नथपौं। यो झन घातक हुनसक्छ,’

साथै यसको बारेमा स्वास्थ्य मन्त्रालय ले पनि इस्पट पारेको छ।

तथ्यांकमा कोभिड – १९ नेपालमा अपडेट
  • संक्रमित – ८२
  • निको – १६
  • मृत्यु –
Sharing is Caring !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लकडाउन शुरु भएपछिको ४० औैँ दिनमा करीब रु पौने तीन…
Cresta Posts Box by CP
error:
X