औषधिको कच्चा पदार्थमा मूल्य अभिवृद्धि कर छुट

औषधिको कच्चा पदार्थमा मूल्य अभिवृद्धि कर छुट
Sharing is Caring !!

औषधिको कच्चा पदार्थमा मूल्य अभिवृद्धि कर छुट

सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब बजेट विनियोजन गरेको छ।कुल विनियोजन रकममध्ये स्वास्थ्य क्षेत्रका लागि ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सार्वजनिक गरेको कुल बजेटको स्वास्थ्य क्षेत्रका लागि ६ दशमलव १५ प्रतिशत हो।

बजेटमा कोरोना संक्रमण रोकथाम र स्वास्थ्य प्रणाली सुधारलाई प्राथमिकता दिइएको छ।

बजेटमा एक चिकित्सक एक स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्व‌य‌ंसेविकाको भत्ता वृद्धि, जोखिम भत्ता, राजमार्गमा ट्रमा सेन्टर स्थापना, राष्ट्रिय रोग नियन्त्रण केन्द्र र एफडिए स्थापना लगायतका कुरा समेत समावेश छन्।

औषधि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको पैठारीमा मूल्य अभिवृद्धि कर छुट दिई त्यस्तो वस्तु स्वदेशी उद्योगबाट खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि कर फिर्ता दिने व्यवस्था मिलाएको छ। आयुर्वेदिक औषधीको कच्चा पदार्थको भन्सार महसुल  घटाएको  छ। सेनिटाइजरको कच्चा पदार्थको रूपमा प्रयोग हुने आन्तरिक उत्पादनको इथानोल तथा पिपिईमा अन्तःशुल्क छुट दिएको छ।

 

यो पनि पढनुहोस

Sharing is Caring !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

FDA Alerted Patients and Health care Professionals to Nitrosamine Impurity…
Cresta Posts Box by CP
error:
X